अल्पकालीन उद्देश्य

  • स्थानीय समस्यामा आधारित स-साना अध्ययन परीक्षण तथा भ्यालिडेशन परीक्षण संचालन गर्ने ।

  • नविनतम कृषि प्रविधिहरू किसान समक्ष प्रसार गर्ने ।

  • माटो तथा मल, बाली संरक्षण र बीउ बिजन परीक्षण सम्बन्धी सामान्य प्रयोगशाला सेवा संचालन गर्ने ।

  • स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने ।

  • स्थानीय तहको क्षमताले सम्पादन गर्न नसक्ने प्रकृतिका विषेशज्ञ प्राविधिक सेवा प्रदान गर्ने ।

  • प्रादेशिक तथा संघीय कृषि विकासका कार्यक्रमहरूलाई आम किसान समक्ष पुर्‍याउने ।

  • व्यवसाय विकास सेवा उपलव्ध गराउने ।

दीर्घकालीन उद्देश्य

  • खाद्य वस्तुको आन्तरिक माग परिपूर्ति गर्न उत्पादन र उत्पादकत्व बढाउने ।

  • निर्वाहमुखी र परम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी व्यावसायिक, प्रतिस्पर्धात्मक र आधुनिकीकरणतर्फ उन्मुख गराउने ।

  • भौगोलिक क्षेत्र अनुसार  तुलनात्मक लाभ र न्यायोचित वितरणको आधारमा एकिकृत कृषि विकासका कार्यक्रमहरू संचालन गरी ग्रामिण गरिबी निवारण मार्फत किसानहरूको जीवनस्तरमा सुधार ल्याउने ।

  • राष्ट्रिय कृषि निति-२०६१, कृषि विकास रणनिति (२०१५-२०३५), प्रदेश सरकार र संघीय सरकारका आवधिक योजनाहरूमा उल्लेख गरिएका कृषि विकासका लक्ष्य हासिल गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।